×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ


  •   मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
  • मधेश प्रदेशका पालिका प्रमुखहरुले बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

    खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशको समन्वय, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहयोगमा लाइफ नेपालले मधेश प्रदेशको छ जिल्लाको १२ पालिकामा सञ्चालन गरेको सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सोमबार जनकपुरधाममा आयोजना गरेको बालमैत्री स्थानीय शासन अवलम्वन तथा कार्यान्वयनका लागि पैरवी गोष्ठीमा सहभागी भएका पालिका प्रमुखहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाल सरकारले सन् २०३० सम्ममा बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य राखेकोमा सोही अनुरुप तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी गरी बालमैत्री स्थानीय शासन कायम गर्न अग्रसर हुनु पर्नेमा जोड दिनुभयो ।

    बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता अधिकारहरु स्थानीय तहको नीति कार्यक्रम र योजनामा संस्थागत गर्नुपर्ने आजको आवश्यकता भएको उहाँको भनाइ छ ।

    कार्यक्रममा रौतहटको बौद्धीमाइ नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले महिला र बालबालिका सशक्त नभएसम्म समृद्धि हाँसिल गर्न कठिन रहेको भन्दै बालमैत्री स्थानीय शासन कायम गर्नुका साथै महिलालाई रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहले बाल अधिकारको संरक्षण सम्बर्धन र प्रवद्र्धनका लागि जनकपुरधाम उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

    कार्यक्रममा युनिसेफका विष्णुमाया भटट्राईले मधेश प्रदेशका पालिकाहरुले बालमैत्री स्थानीय शासन घोषणा गर्ने काममा देखाएको तदारुकता प्रशंसनीय रहेको भन्दै कामलाई तिब्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय बाल अधिकार परिषद मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जिव महतोले हरेक स्थानीय तहले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गरी परिचालन गर्न जरुरी रहेको बताउनुभयो ।

    लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने अधिकांश पालिकाका प्रमुखहरुले बालमैत्री स्थानीय शासनका लागि आवश्यक ५१ वटा सुचक प्राप्तिका लागि पालिकाहरुले विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गरेको जानकारी गराउनुभयो ।

    मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    किसानलाई नगद अनुदान
    पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने
    बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’
    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation