×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’


  •   आइतबार, साउन १९, २०८२ मा प्रकाशित
  • पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई राहत दिएको छ ।

    विद्यालयमा नै सामान्य ज्वरो, रुघाखोकी, पेट दुखेको वा सानो चोटपटक लागेका विद्यार्थीहरूको उपचार हुन्छ । नर्सहरूले औषधी दिएपछि अधिकांश विद्यार्थीहरू निको हुने गरेको बताइएको छ । गम्भीर अवस्थाका विद्यार्थीहरूलाई भने अभिभावकलाई खबर गरेर अस्पताल पठाइन्छ ।

    नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार, नर्सहरूले औषधोपचारसँगै विद्यार्थीहरूलाई भावनात्मक सहयोग पनि प्रदान गर्छन् । यसले अभिभावकहरूलाई आफ्ना बालबालिका विद्यालयमा सुरक्षित छन् भन्ने विश्वास दिलाएको छ ।

    नर्सको व्यवस्था भएपछि छात्राहरूले आफ्ना स्वास्थ्य समस्याहरू खुलेर राख्न पाएका छन् । विद्यालयमै सेनेटरी प्याड उपलब्ध हुनु र आराम गर्ने छुट्टै कोठाको व्यवस्थाले महिनावारीको समयमा विद्यालय नआउने समस्या कम हुने विश्वास गरिएको छ।उपचारका अतिरिक्त, नर्सहरूले विद्यार्थीहरूलाई रोग लाग्नबाट कसरी बच्ने भन्ने बारे पनि जानकारी दिन्छन् ।

    विद्यार्थीहरुलाई सरसफाई र स्वास्थ्यका बारेमा समेत विद्यालय नर्स मार्फत जानकारी दिँदै आइएको छ । यसले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना बढाउन मद्दत गरेको छ । हाल, मावि तहका विद्यालयहरूमा १५/१५ दिनमा नर्सहरूलाई पठाइन्छ । स्थानीय स्रोतबाट दुई जना नर्सहरूको व्यवस्थापन गरिएको छ र थप एक जना नर्सको माग गरिएको छ । स्थानीय स्रोतबाट दुई वटा नर्स व्यवस्थापन गरिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो ।

    आइतबार, साउन १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    किसानलाई नगद अनुदान
    पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने
    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ
    कञ्चन गाउँपालिकाका ४५१ परिवारले पाए जग्गाधनी पुर्जा

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation