रुपन्देही । कञ्चन गाउँपालिकाका ४५१ जना अव्यवस्थित बसोवासीले जग्गाको पुर्जा आज पाएका छन् । कञ्चन-५, गरगरेमा आइतबार आयोजित वितरण कार्यक्रममा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले अव्यवस्थित बसोवासी र भूमिहीन सुकुम्वासीलाई जग्गाको मालिक बनाउने प्रतिबद्धता अनुसार काम गरिररहेको बताउनुभयो ।
सरकारले सबै सुकुम्वासीलाई जग्गाको मालिक बनाउने प्रण गरेको बताउँदै उपप्रधान एवं अर्थमन्त्री पौडेलले कांग्रेस र एमालेको गठबन्धन सरकार २०८४ को आम निर्वाचनसम्मै जाने उल्लेख गर्नुभयो । उहाँले सरकारले सुकुम्वासी समस्या दिगोरूपमा समाधान गर्ने उल्लेख गर्दै सरकारको प्रमुख प्राथमिकतामा यो समस्या पनि रहेकोले अब यो समस्या विस्तार समाधान हुँदै जाने बताउनुभयो ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले लामो समयको प्रयासका कारण लालपुर्जा वितरण गर्न सफल भएको बताउँदै यसमा सबै राजनैतिक दलको साथ र सहयोगले सम्भव भएको बताउनुभयो ।