अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा छापा मारी सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको छ। आयोगको बर्दिबास कार्यालयको टोलीले सोमबार गाउँपालिका कार्यालयमा छापा मारेर अलपत्र र सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको हो ।
मंगलबार अख्तियारको टोली नै कागजात नियन्त्रामा लिन पुगेको थियो । तर, फाइल राखेको दराजको साँचो डेढ महिना अघि भ्रष्टाचार मुद्दा विशेषमा दर्ता भएपछि निलम्बित लेखाअधिकृत सुमनपुरीसँग रहेको भन्दै कर्मचारीहरूले दिन मानेका थिएनन् ।
अख्तियारका एक कर्मचारीका अनुसार झन्डै चार घण्टासम्म कागजात नदिएपछि दराजको ताल्चा फुटाएरै कागजात लग्ने चेतावनी दिएपछि खोलेर फाइल दिएको थियो ।
अनियमितताको कारण कर्मचारीले काम नगर्न मानेपछि चार वर्षदेखि अलपत्र परेका गाउँपालिका कार्यालय अगाडिको अधुरो महादेव मन्दिर, वडा नं.–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे अधुरो भवन लगायत आधा दर्जन बढी योजनाको फाइल अख्तियारले नियन्त्रणमा लिएको कार्यालयका एक कर्मचारीले बताए ।