×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

मेयर थापा ५० लाख धरौटीमा रिहा


  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • सर्लाही । बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापा ५० लाख रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।

    डिभिजन वन कार्यालय सर्लाहीले नगर प्रमुख थापासहित छ जनाविरुद्ध गएको वैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुङ्गा गिट्टी, बालुवा, माटो उत्खनन गरी हानी नोक्सानी गरेको’ शीर्षकमा मुद्दा दायर गरेको थियो । सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल) निर्माण गरेको भन्दै मुद्दा दायर भएपछि फरार रहेका निलम्बित नगर प्रमुख थापा आफै सर्लाही जिल्ला अदालतमा हाजिर हुनुभएको थियो ।

    अदालतमा उपस्थित भए लगत्तै न्यायाधीश जीवनकुमार भण्डारीको इजलासमा भएको थुनछेक बहसपछि थापालाई ५० लाख रुपियाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश भएको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिनुभयो । कापरका अनुसार यो मुद्दामा अन्य पाँच अभियुक्त फरार नै रहेका छन् ।

    वन कार्यालयले दायर गरेको मुद्दामा धरौटी बुझाएर छुटे पनि निलम्बित नगर प्रमुख थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी दुई वटा मुद्दा यसअघि नै दायर गरेको छ । सो मुद्दामा विशेष अदालतले गएको वैशाख ७ गते अख्तियारलाई थप प्रमाण जुटाउन आदेश दिएको थियो ।

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    किसानलाई नगद अनुदान
    पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने
    बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’
    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation