×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक


  •   बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं : नेपाली चलचित्र ‘चमेलीको पोई’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार नारायणथानमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको तीन पोस्टर सार्वजनिक गरेको हो ।

    तीन वटा पोस्टर मध्ये एकमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन् । अर्को एक पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन् । अर्को एक पोस्टरमा भने सिनेमाका सबै जसो कलाकार अटाएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देखिन्छ । सार्वजनिक पोस्टरहरु हेर्दा सिनेमा कमेडी र सस्पेन्सले भरिएको लाग्दछ ।

    एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको सिनेमामा मुकुन, सुरक्षाका साथमा नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरी लगायतले अभिनय गरेका छन् ।

    सिनेमाको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् ।धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको सिनेमामा सुनिता सापकोटा र राम नारायण उपाध्यायले लगानी गरेका छन् । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाको लाइन प्रोड्युसर धनकुमारी श्रेष्ठ बोहरा रहेका छन्।

    सिनेमाको सह-निर्मातामा यम ओली, सुदिप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य, प्रदिपकुमार सापकोटा छन् । शेर बहादुर तामाङले छायांकन गरेको सिनेमामा बन्दे साह र सुजन वडालको सम्पादन, राजनराज सिवाकोटीको संगीत,कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । रामनवमीको अवसर पारेर चैत १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ ।

    बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा
    गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य
    ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)
    मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू
    दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)
    सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation