काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेम कथानक चलचित्र ‘सुम्निमा’ मा नयाँ अनुहारको प्रवेश भएको छ।
भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगी अनिकेत पाख्रिन लामा चलचित्रका लागि अनुबन्धित भएका छन्।
निर्देशक चाम्सका अनुसार अनिकेतलाई अडिसनमार्फत चयन गरिएको हो। अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई प्रभावित पारेको निर्देशक चाम्सले बताएका छन् ।