×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा


  •   शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । ‘करुणा ले जोड्छ’ भन्ने मूल नाराका साथ नेपाल शाकाहारी संघले आयोजना गर्न लागेको ‘अहिंसा महोत्सव नेपाल २०८२’ आगामी भदौ १२, १३ र १४ (August 28–30, 2025) मा नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौंमा भव्य रूपमा सम्पन्न हुने भएको छ।

    यस तीनदिने सांस्कृतिक महोत्सवको उद्देश्य करुणा र अहिंसाको भावना फैलाउँदै शाकाहारी र भीगन जीवनशैलीको आम स्वीकार्यता बढाउनु हो।

    महोत्सवले विद्यालयहरूसँग सहकार्य, भावी पुस्तामा जनावर अधिकारबारे चेतना, र शाकाहारी–भेगन व्यवसायहरूलाई सम्भावित ग्राहकहरूसम्म पुर्‍याउने अवसर पनि प्रदान गर्नेछ।

    संघका अध्यक्ष कृष्ण गुरुङका अनुसार, “हामी शाकाहारी, जनावर–अधिकारवादी, वातावरणवादी र करुणावादीहरू जो-जो जहाँबाट भए पनि एउटै मान्यता साझा गर्छौं – त्यो हो करुणा काम र विधि फरक होला, तर मन्त्र एउटै हो – करुणा।”

    महोत्सवले मासुजन्य उपभोग गर्ने व्यक्तिहरूलाई पनि व्यवहारिक र सहज वैकल्पिक जीवनशैलीको सम्भावना देखाउने प्रयास गर्नेछ।

    भेगन के हो?

    भेगन(Vegan) जीवनशैली भनेको कुनै पनि जनावरजन्य उत्पादन—

    जस्तै मासु, दूध, अण्डा, मह, छाला, ऊन आदि—को प्रयोग नगर्ने
    दृष्टिकोण हो।

    यसले जनावरमाथिको हिंसा घटाउने, व्यक्तिगत स्वास्थ्य सुधार गर्ने, र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ।

    भेगन जीवनशैली अपनाउनेलाई भेगन व्यक्ति भनिन्छ।

    महोत्सवका प्रमुख आकर्षणहरू: प्यानल छलफल र कार्यशालाहरू (विशेषज्ञहरूद्वारा),संगीतिक प्रस्तुतीहरू (कलाकारहरूको साथ),योग अभ्यास र अभ्यन्ताहरूसँग अन्तरक्रिया,गोलमेच बैठक र राजनीतिक संवाद,शाकाहारी तथा भेगन खानाका ६०+ स्टलहरू

    जनावर अधिकारबारे सचेतनामूलक कार्यक्रमहरू,विद्यालयका विद्यार्थी लक्षित प्रेरणादायी सत्रहरू,स्थानीय तथा अन्तर्राष्ट्रिय अतिथिहरूसँग साक्षात्कार

    यो महोत्सव सबै वर्ग, धर्म, उमेर र संस्कृतिका व्यक्तिहरूका लागि खुला रहनेछ।शरीर, मन र आत्माको सहअस्तित्वलाई सम्मान गर्दै ‘अहिंसा महोत्सव’*ले नेपाली समाजमा करुणा, स्वास्थ्यप्रद जीवनशैली, सहिष्णुता र परस्पर आदरको संस्कार विकास गर्ने लक्ष्य राखेको छ।

    शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक
    नगर अस्पताल सञ्चालनमा
    गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
    साताभर निरन्तर वर्षा हुने

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation