×
आइतबार, साउन १९, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

नेपालीको दाल भात तरकारी नै सबैभन्दा पाैष्टिक खाना


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • यसो पढ्दै जाँदा हाम्रा लागि सबैभन्दा बढ़ी पौष्टिक भोजन त दाल-भात-तरकारी र अचार नै रहेछ !

    नपढेका हाम्रा पुर्खाले बनाए पनि र अलि गरिबको खानाजस्तो देखिए पनि यो आफैमा “ब्यालेन्स्ड डाइट’ रहेछ !

    शरीरलाई अत्यावश्यक कार्बोहाइड्रेटदेखि प्रोटिन र फाइबरसम्म दाल र भातबाट अनि भिटामिन्स र अन्य मिनरल्सचाहिँ तरकारीबाट ! अझ दाल र भात त प्रोटिनकै लागि पनि एकअर्काका परिपूरक रहेछन् ।

    पेटका असल ब्याक्टेरियालाई पनि भोकै राख्न त भएन, साँधेको अचारदेखि एक गिलास मोहीसम्म त्यसैमा जोड्नुस् ! मौसम अनुसारको फलफूल त छँदै छ !

    ‘कर्कमिन’ भनेर आजभोलि ट्याब्लेटमा आउने बेसार पनि त्यहीँ, अनेक रोगको औषधि भनेर चर्चा हुने लसुन र अदुवा पनि त्यहीँ । शरीरलाई नभई नहुने फ्याट पनि त्यहीँ । त्यसमाथि जीरा, धनिया, ज्वानो, मेथी, ल्वाङ् या मरिच जे पड्काए पनि औषधि नै रहेछन् ! पुदिना होस् या गोलभेँडा, तिलको छोप होस् या आलस, भाङ् होस् या टिम्मुर…फुडदेखि सुपरफुडसम्म हाम्रै भान्सामा रहेछन् ।

    चट्ट दिउसोको घाममा गुन्द्रीमा बसेर मोहीसँग भटमास र मकै चपाउँदा पाइने प्रोटिनै प्रोटिन पनि चट्ट कोदालो खन्दा पाखुरातिर सुर्किने रहेछ ! मोही मथेका पाखुरा त युगौँपछि पनि सुडौल देखिन्छन् ! त्यही गुन्द्रीमा एक दाना सुन्तला छोड़ाउने हो भने भिटामिन सीदेखि डीसम्मका रोइकराई बेकार !

    तर आज टिकटकदेखि इन्स्टासम्म डाक्टर नै डाक्टर ! वैज्ञानिक नै वैज्ञानिक । यो खाए सुगर, त्यो खाए थाईरोइड ! भात त छोए मात्रै पनि बित्यास नै पर्ला जस्तो ! पानीबाहेक अरूले डुबाउँछन् जस्तो ! भोकै बसे तन्दुरुस्त भइन्छ जस्तो ! आतङ्क नै आतङ्क ! क्रेज यस्तो कि जीवनकै उच्चतम ‘ग्रोथ फेज’मा भएको बच्चा पनि ‘डाइटिङ्’ गर्ने भन्छ ! खाना आफैमा शत्रुजस्तो ! अझ दालभात खायो भने त गयो नै जस्तो !

    चिन्ताले, तनावले, धुलोले, धुआँले, विषादिले, जीवनशैली र प्याकेटको ‘भिटामिनयुक्त’ फुडले पेट बिग्रियो । पेटले गर्दा रगत र मुटु बिग्रियो । तर दोषचाहिँ दाल र भातलाई !

    दालभात त महँगोमा बेच्न सकिन्न । यसविरुद्ध मस्तिष्कमा त्रास नरोपी अरू प्रशोधित या आयातीत खानाको व्यापार हुँदैन ! यो काम गाह्रो पनि छैन । टिभीको पर्दा र सोसल मिडियाको भिडियोमा जे देखिन्छ, हाम्रो सत्य त्यही नै हो ! अब अङ्कमा क्यालोरी खान छोडेर, प्रोटिन खान छोडेर, मल्टीभिटामिन्स र क्याल्सियम खान छोडेर, प्लास्टिकको जारमा आउने ‘हेल्दी’ आहार छोडेर आफ्नै हातले पकाएको ताजा खाना कसले खाओस् !

    • नारायण गाँउले

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्बन्ध बनाउनुभन्दा पहिले सहकर्मीलाई सोध्नुस् यी ६ प्रश्न
    ब्रेकअप तनाव पनि तपाईको लागि फाइदा
    योनी क्यान्सर रोकथामका उपाय
    राम्रो निद्राले घटाउँछ नराम्रा क्षण

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation