इलाम । चलचित्र पत्रकार संघ नेपालले ७ जना चलचित्र पत्रकारलाई सम्मान गरेको छ । संघको २६औं स्थापना दिवसको अवसरमा उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
संघले पत्रकार ध्रुब लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान-२०८२, विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान-२०८२, नरेन्द्र बस्नेत (कोशी)लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान-२०८२, जीवन कुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८२ र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८२ प्रदान गरेको हो । रजत सम्मान प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५५ हजार ५५५ र पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारलाई नगद ५१ हजारसहित सम्मान गरिएको संघका महासचिव रघुनाथा सापकोटाले बताए ।
त्यस्तै, पत्रकार रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार-२०८२ र तुलसी प्रसाद निरौला (कोशी) लाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार-२०८२ प्रदान गरेको छ । प्रोत्साहन पुरस्कार र मोफसल पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
सम्मानित तथा पुरस्कृतलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार बसुन्धरा भूसाल, नायक शिव श्रेष्ठ, कलाकार गौरी मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्दशक समाजका अध्यक्ष जनकदीप पराजुली, संघका पूर्वअध्यक्ष विदुर गिरी, शान्तिप्रिय,दिनेश सिटौला र संघका वर्तमान अध्यक्ष समीर बलामीलगायतले पुरस्कार र सम्मान प्रदान गरेका छन् ।