दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ का कृषकहरुलाई कृषि औजारका सामग्रीहरु अनुदानमा वितरण गरिएको छ ।
जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ८ का कृषकहरुलाई बागमति प्रदेश सरकारको समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम मार्फत कृषि औजारका सामग्रीहरु अनुदानमा वितरण हो ।
बागमति प्रदेश सरकारको ६० प्रतिशत, पालिका र कृषकहरुको २०/२० प्रतिशत लागत साझेदारीमा वडामा रहेको एकिकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाको सम्वन्यमा २० थान मिनिटिलर,४ थान आलु रोप्नका लागि ड्याङ बनाउने मेसेन,२ हजार लिटरका १० थान पानीको ड्रम,एक हजार मिटर पाईप र १० वटा विषादी छर्ने स्प्रि वितरण गरिएको एकिकृत शैलुङ सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष वद्रि कार्कीले जानकारी दिनुभयो ।