कैलालीको गोदावरी नगरपालिका-१० का वडाध्यक्ष रविन्द्र शाहीको सकृयतामा भीषण हावाहुरीले माला खेतीदेखि ओलानीसम्मको अवरुद्ध विद्युत निर्माण सम्पन्न भएको छ ।
शाहीले विद्युत प्राधिकरणका प्राविधिक, प्राविधिकरणका कर्मचारी तथा स्थानीय प्रशासनसँग समन्वय गरी मर्मत कार्यलाई शीघ्र र प्रभावकारी रूपमा अघि बढाए। केही दिनमै माला खेतीदेखि ओलानी क्षेत्रसम्म पुनः विद्युत आपूर्ति सुचारु भएपछि स्थानीय जनताले राहतको महसुस गरेका छन्।
जनतालाई निराश हुन नदिने, सधैं उनीहरूको समस्यामा साथ दिने अध्यक्षले बताएका छन् । उनका अनुसार समस्यामा रातदिन नभनी काम गरियो त्यसैले छिटै समस्या हल भएको हो । ।