कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क विशेषज्ञ वडास्वास्थ्य क्लिनिकबाट हालसम्म एक लाख २४ हजार बिरामीले निःशुल्क स्वास्थ्य जाँच गरेका छन् ।
उपमहानगरपालिकाले २०७९ साल साउनबाट सुरु गरेको सो सेवाबाट उनीहरुले स्वास्थ्य जाँच गरेका हुन् । आव २०७९/८० सालमा ४५ हजारले सेवा लिएका तथा गत आव २०८०र८१ मा ५० हजार बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर सहितको निःशुल्क वडा स्वास्थ्य क्लिनिकका फोकल पर्शन कृष्ण बोहराले जानकारी दिए ।
चालु आवको चैत मसान्तसम्म २९ हजार ३२७ जनाले सेवा लिएको उनले बताए । ‘चेकजाँच गर्न आउने बिरामीको आकर्षण बढेको छ’ उनले भने ‘वडा स्वास्थ्य क्लिनिकबाट नसर्ने रोग,गर्भवती जाँच,महिलाको पाठेघरको चेक जाँच,डाइबिटिज,क्यान्सर स्क्रिनिङ,ब्लड प्रेसरका बिरामीको चेकजाँच र उपचार गरिने गरेको छ ।’