×
सोमबार, साउन २०, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

माउन्टेन एकेडेमीको २३औं वार्षिकोत्सव सम्पन्न


  •   शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
  • काठमाडौं –नेपाल माउन्टेन एकेडेमी (NMA) को २३औं विशेष वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजना गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले नेपाल माउन्टेन एकेडेमीका गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयबाट आवश्यक सहयोग र सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा नेपाल माउन्टेन एकेडेमीका कार्यकारी प्रमुख अनिल किराँतीले विगत २३ वर्षको योगदान र उपलब्धिहरूको चर्चा गर्दै पहिलोपटक विशेष वार्षिकोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले एकेडेमीका पूर्व अध्यक्षहरू, प्रमुखहरू, विद्यार्थीहरू र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, पर्यटन मन्त्रालयका मन्त्रीको ध्यान आकृष्ट गराउँदै एकेडेमीको भविष्यका कार्यक्रमहरू, लगानी, बजेट, विकास र प्रचारप्रसारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

    कार्यक्रममा हिमाल आरोहण गर्ने टोलीका सदस्यहरू, पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरू, विद्यार्थीहरू तथा अन्य सहभागीहरूले हिमाल, पर्यटन र नेपाल माउन्टेन एकेडेमीको विकासका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

    कार्यक्रममा हिमलुङ हिमाल सफलतापूर्वक आरोहण गर्ने टोलीलाई सम्मान गरिएको थियो। साथै, लोबुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

    विशेष अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा रिता आचार्यलाई नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी, उत्कृष्ट समिट सम्मान (NMA Award) अलेक्जेन्डर लामालाई प्रदान गरिएको थियो।

    शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक
    अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा
    नगर अस्पताल सञ्चालनमा
    गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
    साताभर निरन्तर वर्षा हुने
    ३२ बुहारीलाई छात्रवृत्ति

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation