×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

साताभर निरन्तर वर्षा हुने


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ । साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    त्यसपछिका बाँकी दिनमा बागमतीदेखि पूर्वका तीन वटा प्रदेशका विभिन्न भूभागमा अधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसम विश्लेषणले अबका दिनमा सम्भावित भीषण र अति भीषण वर्षा दोहोरिने दिनहरू बढी देखाइरहेको छ, त्यसैले सावधानी र सतर्कता दुवै अपनाउनुपर्ने देखिन्छ ।”

    महाशाखाका अनुसार मनसुन नेपालमा बलियो बन्दै फैलँदै गएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालमा पूर्वमा सरदर स्थानमा र पश्चिममा दक्षिणतर्फ तेर्सिंदै उत्तरतर्फ पश्चिम नेपालको नजिक आइपुगेको छ । त्यसैले पनि नेपालको पश्चिमी भूभागमा शनिबार रातिदेखि साताको पहिलो तीन दिनमा अधिक वर्षा गराउँदै छ । बुधबारदेखि न्यूनचापीय रेखा पूर्वी नेपालको नजिक सर्ने भएकाले पूर्वदेखि मध्य नेपालमा अधिक वर्षा गराउने सम्भावना रहेको मानन्धरले जानकारी दिनुभयो । जसले बागमती, कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा गराउने छ ।

    प्राधिकरणले अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, मौसमी सूचनाको जानकारी राख्दै डुबान हुन सक्ने घरका नागरिकले सतर्कता अपनाउन सुझाएको छ । नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउँदै किनारामा कुनै काम नगर्न र उच्च जोखिम रहेका जिल्लाका विपत् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यक निर्णय गर्न र पालना गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक
    अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा
    नगर अस्पताल सञ्चालनमा
    गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation