×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !


  •   शनिबार, साउन ३२, २०८२ मा प्रकाशित
  • काठमाडौँ : लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढेको छ। चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् ।

    कर्मचारीले घरायसी कारण देखाएर राजीनामा दिने गरे पनि पछिल्ला वर्ष सेवा प्रवाह गर्ने क्रममा धेरै तनाव बेहोर्नुपर्ने, त्यसको समाधान खोज्न नसक्ने, कतिपय कर्मचारीले निजामती सेवामा बढ्दै गएको विकृति, कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरी तथा झमेलाले गर्दा कर्मचारीले बिचैमा जागिर छाड्ने गरेका छन्।
    त्यस्तै श्रीमान् र श्रीमती दुवै जना सरकारी सेवामा रहँदा श्रीमान् एकातिर श्रीमती अर्कैतिरका कार्यालयमा हुँदा बालबच्चाको विचल्ली हुँदै गएको, कर्मचारीको कमजोर सेवा सुविधा, स्थानीय तहमा जनप्रतिनिधिले जबरजस्ती काम लगाउने प्रवृत्ति बढ्नुलगायत कारणले गर्दा पनि कर्मचारीले सेवा अवधि अगावै जागिर छाड्ने गरेका हुन्।

    राष्ट्रिय किताबखाना (निजामती) का अनुसार समय नपुग्दै राजीनामा दिने कर्मचारीमा कार्यालय सहयोगी, खरिदार, नायब सुब्बा र अधिकृतदेखि उपसचिवस्तरका छन् । केही सचिवहरूले पेन्सन सुविधा बढी पाउने आशाले सेवा निवृत्त हुनुभन्दा केही दिनअघि राजीनामा दिने गरेका छन् । त्यस्ता कर्मचारीको सङ्ख्या भने अत्यन्तै न्यून छ।

    आर्थिक वर्ष २०८१/८२ मा ५९८ जना कर्मचारीले पदबाट राजीनामा दिए भने आर्थिक वर्ष २०८०/८१ मा ७१४, २०७९/८० मा ८०४ जना र २०७८/७९ मा ७६९ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएको किताबखानाको तथ्याङ्कमा उल्लेख छ।

    शनिबार, साउन ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण
    अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक
    अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा
    नगर अस्पताल सञ्चालनमा
    गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
    साताभर निरन्तर वर्षा हुने

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation