×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

अमेरिकी आदेश– राष्ट्रपतिलाई विदेशी सहायता रोक्ने अधिकार छ


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाका प्रधानन्यायाधीश जोन जी. रोबर्टस् जुनियरले अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) र विदेश विभाग अन्तरगत पहिले पूरा भइसकेको काम वापत भुक्तानी गर्नुपर्ने रकम तत्काललाई दिनुनपर्ने आदेश दिएका छन् ।

    एक जना संघीय न्यायाधीशले पहिले पूरा भइसकेको कामवापत १.५ बिलियन अमेरिकी डलर मध्यरातिसम्ममा भुक्तानी गर्न भन्दै ट्रम्प प्रशासनलाई आदेश दिएका थिए ।

    तर, त्यसविरुद्ध ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा आपतकालीन अपील दायर गरेको थियो । जसमा त्यसमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश जोनले ट्रम्प प्रशासनलाई विदेशी सहायता भुक्तानीमा रोक लगाउने निर्णयलाई जारी राख्न अनुमति दिएका छन् ।

    प्रधानन्यायाधीश रोबर्टले भनेका छन्, ‘न्यायाधीशले आफ्नो अधिकार क्षेत्र बाहिर गएर फैसला सुनाएका छन् र राष्ट्रपतिको विदेशी सहायतामाथि उचित निर्णय लिने कर्तव्यमा हस्तक्षेप गरेका छन् ।’

    प्रधानन्यायाधीश रोबर्टले यो मामलामा अन्तिम आदेश नआउञ्जेलसम्मका लागि तत्काल सहायताको रकम भुक्तानी गर्नुपर्ने गरी आदेश गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    उनले ट्रम्प प्रशासनको अपिलको विरोधमा उभिएको पक्षलाई शुक्रबारसम्म आफ्नो जवाफ दिन पनि आदेश दिएको छ । त्यसपछि यो मामलामा थप सुनुवाइ सुरु हुनेछ ।

    बुधबार ट्रम्प प्रशासनका वकिलहरुले राष्ट्रपतिले निर्वाचित भएपछि पहिलो दिन विदेशी खर्चमा भारी कटौती गर्न निर्देशन दिए अनुसार यूएसएआईडी र विदेश विभागको लगभग १० हजार अनुबन्ध र अनुदान समाप्त गर्न लागेको समेत जानकारी दिएका छन् ।

    यूएसआईडीले विभिन्न मुलुकमा खाद्य, स्वास्थ्य, विकास र लोकतन्त्रसँग सम्बन्धित परियोजनाका लागि सहयोग गर्दै आएको थियो । तर, राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि नेतृत्व सम्हालेलगत्तै त्यसलाई व्यवस्थित रुपमा समाप्त गर्ने प्रक्रिया अघि बढाएका थिए ।

    यूएसएआईडीका एक जना पूर्ववरिष्ठ अधिकारीका अनुसार, यो कटौतीले एजेन्सीको लगभग ९० प्रतिशत कार्यक्रम र दसौं अर्ब डलरको खर्च प्रभाव पार्छ ।

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नगरसभाबाट प्रदेश खारेज गर्ने निर्णय सर्वसम्मत !
    मेयर थापा ५० लाख धरौटीमा रिहा
    संघले माग्यो स्थानीय सरकारको विदेश भ्रमण विवरण
    बालेनविरुद्ध अख्तियारको छानबिन सुरु
    सांसदले ‘भिजिट भिसामा’ बोलको गीत गाएपछि हंगामा
    जोशीपुर गाउँपालिका अध्यक्षलाई कालोमोसो

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation