×
सोमबार, साउन २०, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

‘कार्साङ’लाई सुखद् सोज


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • गत बैशाखदेखि कात्तिकसम्म चलायमान देखिएको नेपाली फिल्मको बजार मंसिर लागेसँगै सेलाएको छ । मंसिरका दुई फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ले अपेक्षित व्यापार नै गर्न सकेनन् । बरु मंसिरमा भारतीय फिल्म ‘पुष्पा २’ले बक्स अफिसमा सुनामी ल्यायो । पुष पहिलो र दोस्रो साता आएका ‘बमबहादुर’ र ‘देव वाणी’ले पनि कुनै चमत्कार गरेनन् । दुवै फिल्म हलबाट दुई दिनमै उत्रिए ।

    अब यही शुक्रबार अर्थात् पुष २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’बाट सेलाएको बजार ‘भाइब्रेट’ हुने अपेक्षा गरिएको छ । यसको आधार भनेको ‘स्टारकास्ट’ हो । यसमा दयाहाङ राई, जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखु जस्ता परिचित कलाकारको अभिनय छ । फिल्मको हाइप पनि राम्रो बनेकाले व्यापार सुखद् हुने प्रक्षेपण गरिएको छ ।

    साउथ सुपरस्टार रामचरण अभिनीत फिल्म ‘गेम चेञ्जर’सँग प्रतिस्पर्धा गर्न लागेको ‘कार्साङ’को प्रायः मल्टीप्लेक्समा टिकट बुकिङ खुला भइसकेको छ । फिल्मलाई सुखद् सोज मिलेको छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका हलमा गरी कूल ४८ सोज दिएको छ । काठमाडौं उपत्यकाभित्रका आउटलेटमा २१ र उपत्यकाबाहिरका हलमा २७ सोज बाँडिएको छ ।

    त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइले बुटबल, नयाँ बानेश्वर र गोंगबु आउटलेटमा गरी १५, एफक्युबले ७, विएसआर मुभिजले ६, कीर्तिपुर सिनेप्लेक्सले २, डिएम सिनेमाले ४, ईन्फिनिटी मुभिजले ५ सोज दिएका छन् । काठमाडौंका केही हलहरुमा फिल्मको बुकिङ खुल्न बाँकी नै छ । उपत्यकाबाहिरका हलहरुमा पनि फिल्मले राम्रो सोज पाएको छ ।

    अब फिल्मलाई ठूलो चुनौती भनेको उपलब्ध सोजलाई अकुपेन्सीमा बदल्नु हो । फिल्मको ओपनिङ अकुपेन्सी राम्रो रहेको खण्डमा शनिबारबाट सोजमा पनि वृद्धि हुनेछ । टिजर, ट्रेलर र गीतलाई युट्युबमा मिलेको भ्यूज र प्रतिक्रिया हेर्दा फिल्मलाई लिएर दर्शक उत्साही देखिन्छन् । अब त्यो उत्साह हलमा कति देखिन्छ, त्यसले नै फिल्मको व्यावसायिक भविष्यले निर्धारण गर्नेछ ।

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ
    मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू
    दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)
    सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला
    ‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation