×
सोमबार, पुष ०७, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

किसानलाई नगद अनुदान

पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

लोकप्रिय समाचार

हर्क साम्पाङ लोकतन्त्रमा फुलेको सुन्दर फूल : प्रचण्ड


  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले धरानका मेयर हर्क साम्पाङलाई आफूसँगै हिँड्न अनुरोध गरेका छन् ।

    माओवादीको भातृ संगठन किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले धरानका मेयर साम्पाङलाई परिवर्तनका लागि माओवादीसँग सँगै हिँड्न आग्रह गरे ।

    उनले भने, ‘मैले हर्क साम्पाङलाई यस अघि नै लोकतन्त्रको सुन्दर फुल भनेको छु । यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ । बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ । तपाईँनकारात्मक हुनु जरुरी छैन । संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस् । भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं । अब मेयरजीले त्यति धेरै नकारात्मक हुनु हुँदैन । हामीसँगै हिँड्न पर्छ । ’

    उनले माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन सफल नहुने समेत बताए । उनले माओवादी कमजोर भए पहिचानको आन्दोलन पनि कमजोर हुने बताए । उनले भने, माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन बलियो हुन्छ भन्ने गल्ती नगरौँ ।’

    उनले पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्मसमीक्षा गरेर आएको बताए । उनले आफू बालुवाटारमा भए पनि र खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको बताए । उनले भने, ‘हिजो सडकमा ३० दलीय मोर्चा हुँदा होस या २२ दलीय मोर्चा हामी सँगै थियौ । मैले नै नेतृत्व गरेर पहिचानको आन्दोलन सफल भएको थियो ।’

    प्रचण्डले पहिचानका लागि आफ्नो र माओवादीको नेतृत्वमा आन्दोलन गरिएको बताए । उनले भने, ‘पहिचानका लागि हिजो सँगै लडेको थियो । पहिचानका विषयमा हामी गम्भीर आत्मासमिक्षा सहित समाजवादको लक्ष्यका लागि आएका छौ । एक पटक फेरी माओवादीलाई स्वीकार गर्नुस् ।’

    उनले संविधान संशोधन आवश्यक रहेको बताए । उनले संविधान सभामा भिन्न मत राखेर आएकाले अहिलेको निर्वाचन प्रणालीलाई बदल्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको बताए ।

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    नगर अस्पताल सञ्चालनमा
    बाँझो खेतमा मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने
    नगरसभाबाट प्रदेश खारेज गर्ने निर्णय सर्वसम्मत !
    ३२ बुहारीलाई छात्रवृत्ति
    मेयर थापा ५० लाख धरौटीमा रिहा

    लोकप्रिय

    भर्खरै

    • १.
      रोजी थापा : मोडलिङदेखि मिसेस् नेपाल वर्ल्डसम्मको यात्रा

    • २.
      धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !

    • ३.
      ५२ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

    • ४.
      किसानलाई नगद अनुदान

    • ५.
      पालिकाको स्थानीय पाठ्यक्रममा क्रिकेटर लामिछाने

    • ६.
      गाईजात्रा २०८२ : रुपेश रेग्मीको व्यंग्य

    • ७.
      ‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

    • ८.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation