×
आइतबार, साउन १९, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै


  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
  • जेरुसेलम, फागुन ५ गते । गाजामाथि अमेरिकी नियन्त्रण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरेबियाको भ्रमण सुरु गरेसँगै इजरायलको सुरक्षा क्याबिनेटले सोमबार हमाससँगको युद्धविरामको अर्को चरणबारे छलफल गर्न तयारी गरेको छ ।

    इजरायलबाट रियाद पुग्नुभएका रुबियोले ट्रम्पको विदेशमन्त्रीका रूपमा आफ्नो पहिलो मध्यपूर्व भ्रमण सुरु गर्नुभएको हो ।

    “हमास सैन्य वा सरकारी शक्तिको रूपमा जारी रहन सक्दैन… उनीहरूलाई समाप्त पार्नुपर्छ”, प्यालेस्टिनी इस्लामवादी समूहबारे रुबियोले इजरायलमा भन्नुभयो । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणले गाजालाई तहसनहस पार्ने १५ महिने युद्ध सुरु गरेको थियो ।

    उहाँको छेउमा उभिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुई मित्रराष्ट्रको ‘एउटा साझा रणनीति’ छ र गाजामा उग्रवादीहरूले बन्धक बनाएका सबैलाई मुक्त नगरिए ‘नरकको ढोका खोलिनेछ’ भन्नुभयो ।

    हमासले तीन सय ६९ प्यालेस्टिनी कैदीको बदलामा तीन इजरायली बन्धकलाई रिहा गरेको एक दिनपछि यी टिप्पणी आएका हुन् । यो कतार र इजिप्टको सहयोगमा अमेरिकाले मध्यस्थता गरेको युद्धविराम सम्झौताअन्तर्गत छैटौँ आदानप्रदान थियो ।

    इजरायल र हमासले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । भग्नावशेषले भरिएको गाजामाथि नियन्त्रण लिने र यसका २० लाखभन्दा बढी बासिन्दालाई गाजाबाट बाहिर सार्ने ट्रम्पको व्यापक रूपमा निन्दा गरिएको प्रस्तावले यो थप तनावग्रस्त बनेको छ ।

    “हामीले गाजाको भविष्यका लागि ट्रम्पको साहसी दृष्टिकोणबारे छलफल गर्‍यौँ र त्यो दृष्टिकोणलाई वास्तविकता बनाउन सुनिश्चित गर्न काम गर्नेछौँ”, नेतन्याहुले भन्नुभयो ।

    नेतन्याहुले वासिङ्टन भ्रमण गर्दा यस महिनाको सुरुमा ट्रम्पले रेखाङ्कित गर्नुभएको योजनामा विवरणहरू थिएनन् तर उहाँले यसले गाजावासीहरूलाई जोर्डन वा इजिप्टमा सार्ने काम समावेश गर्ने बताउनुभयो ।

    एकमात्र योजना

    इजरायलको शीर्ष सहयोगी र हतियार आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले अरब सरकारहरूबाट वैकल्पिक प्रस्तावहरूका लागि खुला रहेको बताएको छ तर रुबियोले अहिलेका लागि ‘ट्रम्प योजना मात्र योजना हो’ भन्नुभएको छ ।

    यद्यपि साउदी अरब र अन्य अरब राज्यले उहाँको प्रस्तावलाई अस्वीकार गरेका छन् र त्यसको सट्टा इजरायलको साथमा एक प्यालेस्टिनी राज्यको स्थापनालाई समर्थन गर्छन् ।

    इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आइतबार प्यालेस्टिनी राज्य मध्यपूर्वमा दीर्घकालीन शान्तिको ‘एक मात्र ग्यारेन्टी’ हुने बताउनुभएको छ ।

    साउदी अरेबियापछि रुबियो संयुक्त अरब इमिरेट्स पनि जानुहुनेछ ।

    संयुक्त राज्य अमेरिकाले साउदी अरेबियाले इजरायललाई मान्यता दिने सम्भावित ऐतिहासिक सम्झौताका लागि दबाब दिइरहेको छ तर ट्रम्पको गाजा योजनाले त्यो प्रयासलाई जटिल बनाएको छ ।

    हमास र इजरायलले युद्धविरामको पहिलो ४२–दिने चरण कार्यान्वयन गरिरहेका छन् । यो युद्धविराम गत हप्ता भङ्ग हुने नजिक पुगेको थियो ।

    “कुनै पनि क्षणमा लडाइँ पुनः सुरु हुन सक्छ । शान्ति जारी रहनेछ र इजिप्टले इजरायललाई युद्ध पुनः सुरु गर्न र मानिसहरूलाई विस्थापित गर्नबाट रोक्न दबाब दिनेछ भन्ने हामी आशा गर्छौं”, दक्षिणी गाजाका सेवानिवृत्त शिक्षक ६२ वर्षीय नासेर अल–अस्टलले भन्नुभयो ।

    जनवरी १९ मा युद्धविराम लागु भएदेखि एक हजारभन्दा बढी प्यालेस्टिनी कैदीको बदलामा १९ इजरायली बन्धकलाई रिहा गरिएको छ ।

    युद्ध सुरु गर्ने हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणमा पक्राउ गरिएका दुई सय ५१ जनामध्ये ७० जना अझै गाजामा छन् र तीमध्ये ३५ जनाको मृत्यु भएको इजरायली सेनाले बताएको छ ।

    एक वक्तव्यमा रुबियोले हमासको बन्धक बनाउने कार्यलाई ‘बिरामी दुष्टता’ को रूपमा निन्दा गर्नुभयो र बाँकी सबै बन्धक, जीवित र मृत, विशेषगरी पाँच इजरायली–अमेरिकी दोहोरो नागरिकको तत्काल रिहाइको माग गर्नुभयो ।

    युद्धको थप स्थायी अन्त्य गर्ने उद्देश्यले युद्धविरामको दोस्रो चरणमा वार्ता यस हप्ता दोहामा सुरु हुनसक्ने हमासका एक अधिकारी र वार्तासँग परिचित अर्को स्रोतले बताएका छन् ।

    नेतन्याहुको कार्यालयले दोस्रो चरणको छलफलका लागि सोमबार आफ्नो सुरक्षा मन्त्रिमण्डलको बैठक बोलाउने बताएको छ ।
    पहिलो चरणको ‘निरन्तर कार्यान्वयन’ बारे छलफल गर्न प्रधानमन्त्रीले सोमबार कायरोमा वार्ताकारहरू पनि पठाउँदै गरेको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

    “मन्त्रिपरिषदको बैठकपछि टोलीले दोस्रो चरणमा वार्ताका लागि थप निर्देशनहरू प्राप्त गर्नेछ”, कार्यालयले भन्यो ।

    सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकी आदेश– राष्ट्रपतिलाई विदेशी सहायता रोक्ने अधिकार छ
    युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की
    लसएन्जलसको आगलागी अनियन्त्रित

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation