काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का वडा अध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नविन मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका छन् ।
उनले आफुविरुद्ध सर्वाजनिक अभिव्यक्ति दिएको भन्दै प्रवक्ताको हैसियतमा महानगरका सूचना संप्रेषण गर्नुपर्ने कर्तव्य निर्वाह नगरेको भन्दै स्पष्टीकरण सोधिएको मेयरको सचिवालयले जनाएको छ ।
प्रवक्ता मानन्धर भने आफुले स्पष्टीकरणको पत्र नपाएको तर नगर प्रहरीका एकजना अधिकृतले फोनमार्फत स्पष्टीकरण पत्र तयार भएको जानकारी गराएको बताए । प्रहरीले मेयरविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको कारण मेयरले स्पष्टीकरण सोधेर ७ दिनभित्र जवाफ दिन भनेर पत्रमा उल्लेख गरेको बताएका छन् ।
बालेनको सचिवालयले स्पष्टिकरणबारे पहिचानसहित बोल्न अस्वीकार गरे पनि केही दिनदेखि सार्वजनिक रुपमा मेयरविरद्ध अभिव्यक्त भइरहेको प्रहारपछि प्रवक्ताको हैसियतमा किन यसो गरियो भनेर सोध्ने काम भएको बताएको छ । पछिल्लो समय महानगरमा जनप्रतिनिधि र मेयरबीचको सम्बन्ध असहज बन्दै गएको छ ।