सप्तरी । रूपनी गाउँपालिका वडा नं ६ तेरहौताकी कौशलादेवी चौधरी आफ्नै घरबाट लुटिएकी छिन् । घरमा सुतिरहेको बेला उनी आइतबार बिहान करिब २ बजे लुटिएकी हुन् ।
अत्यधिक गर्मीका कारण घर बाहिर सुतिरहेको बेला कान, नाकमा लगाएको गहना लुटेराले थुतेर लगेको उनले बताइन् । कानमा लगाएको सुनको कुण्डल, नाकमा लगाएको फुली गरी दुई तोला भन्दा बढी सुनको गहना लुटेर लगेको उनले बताइन् ।
पति र छोरा रोजगारीको क्रममा बाहिर गएको बेला घरमा छोरा मान्छे नभएको मौका छोपी बुहारी र आफू मात्रै घरमा भएको बेला लुटेराहरूले गहना लुटेर लगेको बताइन् । गहना लुटेर घरको ताल्चा खोल्ने प्रयास गर्दा जोर जोरले हल्ला गर्न थालेपछि लुटेराहरू भागेको उनले बताइन् ।