×
आइतबार, साउन १९, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

एक वर्षपछि पर्दामा केकी


  •   बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं । अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि सेतो पर्दामा देखिने भएकी हुन् ।

    केकी ‘बोक्सीको घर’पछि हालम्म कुनै पनि चलचित्रमा देखिएकी छैनन् । ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनय सँगै उनी निर्मात्री पनि थिइन् । एउटै व्यक्तिले धेरै काम लिँदा त्यसको तनाव र दौडधुपले केही समय ब्रेक लिएको उनले बताएकी छन् । एक वर्षपछि आफूले चाहे अनुसारको काम गर्न पाएको केकीले बताइन् ।

    ‘के घर के डेरा : घर नं २’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । केकी यो सिनेमाको मुख्य भूमिकामध्ये एकमा छिन् । केकी र दीपेन्द्रको यो पहिलो सहकार्य हो । केकी अभिनेत्रीका रूपमा र दीपेन्द्र निर्देशकका रूपमा स्थापित भए पनि यी दुईले हालसम्म कुनै पनि सिनेमामा सहकार्य गरेका थिएनन् ।

    गाउँबाट काठमाडौं आएर संघर्ष गर्नेहरूको कथा सिनेमामा रहेको उनको भनाइ छ । काठमाडौंका कथालाई मौलिक होइनन् भन्ने बुझाइ पनि कतिपय अवस्था रहेको उनले बताएकी छन् । “अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।”

    चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्रमा केकीसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदैछ ।

    बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू
    दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)
    सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला
    ‘चमेलीको पोई’को पोस्टर सार्वजनिक
    ‘लडाइँ पहिचानको’ मंसिर ५ गतेबाट
    ओखारीमा चलचित्र तेनो कुर्सीको शुटिङ हुँदै

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation