सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाका ७५ वर्षीय वृद्धलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले नेचासल्यान गाउँपालिका-५ का लुवान सिं राई नागरिकता प्रदान गर्नु भएको हो ।
वि.सं. २००८ साल मंसिर २९ गते जन्मिनु भएका राई कामको सिलसिलामा भारत जानु भएको थियो । गत असोज महिनामा घर आउनु भएका बुबालाई आफू गाउँमै भएको बेलामा नागरिकता बनाइ दिएको उहाँका छोरा दिल कुमार राईले बताउनुभयो ।
बाबु छोराको ४१ वर्षमा भेट भएको छोरा दिल कुमारले बताउनुभयो । उ बेलामा नागरिकता आवश्यक नपर्ने नभएकाले आफूले नागरिकता नबनाएको बुबा लुवान सिंको भनाइ छ ।
तर आफू भारतबाट नेपाल फकिर्ने बेलामा नागरिकताकै कारणले विभिन्न समस्या समेत झेल्नु परेको उहाँले सुनाउनुभयो ।उक्त नागरिकता प्राप्त गरेसँगै राईले अब नेपाल सरकारले दिने सेवा सुविधा पाउने हुनु भएको छ ।