रुपन्देही । बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो ‘पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा भएको छ ।
मङ्गलबार बुटवलमा आयोजित एक कार्यक्रमबीच बुटवल उपमहानगरका प्रमुख (मेयर) खेलराज पाण्डेयलगायतले यस्तो घोषणा गरेका हुन् । स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै उपमहानगरले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थामा पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि पूर्व खोप र प्रस्तुति सेवायुक्त पालिका घोषणा गरिएको बुटवल उपमहानगरले जनाएको छ ।
सुरक्षित रुपमा बच्चा जन्माउन प्रोत्साहन गर्न बुटवलले अस्पतालमा बच्चा जन्माउने सुत्केरीलाई दुई हजार पोषण भत्ता दिने गरेको नगर प्रमुख पाण्डेयले बताए । सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ‘पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणासम्बन्धी प्रतिवेदन वाचन गरेकी थिइन् । उनले नगरभित्र रहेका हरेक नागरिकलाई स्वस्थ बनाउन पालिकाले कुनै कसुर बाकी नराख्ने प्रतिबद्धतासमेत जनाइन्