काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।
५४ जना शाखा अधिकृत र ३९ जना उपसचिवहरुको सरुवा गर्दा २६ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीको सरुवा भएको छ ।
यसरी गरिएको सरुवामा उपसचिव र शाखा अधिकृत गरेर १८ जनालाई दिइएको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद र जिल्ला समन्वय अधिकारीको पद खोसिएको छ । उनीहरुलाई अन्य निकायमा सरुवा गरिएको छ ।
शाखा अधिकृत आविद अन्सारी विगुल गाउँपालिकाबाट जिल्ला समन्वय समितिको कार्यालय काठमाडौँ सरुवा गरिएको छ । गोविन्द प्रसाद आचार्य हुम्लाको सिमकोट गाउँपालिकाबाट राष्ट्रिय योजना आयोग आइपुगको छन् भने दामोदर दाहाल कोशी गाउँपालिका सुनसरीबाट जिल्ला समन्वय समिति सुनसरी पुगेका छन् ।