×
सोमबार, साउन २०, २०८२
    • गृह
    • राजनीति
    • समाज
    • विचार
    • स्वास्थ्य/जीवनशैली
    • कला
    • विश्व
    • खेल

भर्खरै

बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

‘चमेलीको पोई’को पोस्टर सार्वजनिक

लोकप्रिय समाचार

  • १. मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

  • २. अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • ३. पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

  • ४. लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

  • ५. बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

गोरखा नगरपालिकाद्वारा ७ करोडभन्दा बढीको योजना रकमान्तर


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • गोरखा नगरपालिकाको विशेष नगरसभा (अधिवेशन) आइतबार सम्पन्न भएको छ। चालु आर्थिक वर्षको तेस्रो चौमासिक सुरु भइसकेको अवस्थामा केही योजना तथा कार्यक्रमहरू अल्झिएको भन्दै नगरपालिकाले विशेष अधिवेशनमार्फत ती योजनाहरूको संशोधन तथा रकमान्तर गरेको हो।

    अधिवेशनले ७ करोड ८५ लाख ५० हजार रुपैयाँ बराबरका ९८ वटा योजना र कार्यक्रमहरू पुनरावलोकन गरी तीमध्ये २२ वटा मात्र योजना र कार्यक्रमलाई सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त याेजनाहरू नगरसभा सदस्यहरूले अनुमोदन गरेका छन्।

    नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रस्तावअनुसार ९८ योजना मध्ये साना तथा ठूला गरी ४८ वटा योजनाहरू संशोधनमा परेका छन्। तीमध्ये केही योजनाका शीर्षक हेरफेर गरिएका छन् भने केहीमा बजेटको मात्रामा परिवर्तन गरिएको छ।

    सबैभन्दा ठूला र उल्लेखनीय योजनामध्ये एक हो- स्याउली लिफ्टिङ खानेपानी योजना। जसमा विनियोजित २० लाख रकमलाई हटाएर नयाँ कुन्दुरटार पम्पिङ खानेपानी योजना सञ्चालन गर्ने निर्णय गरिएको छ।

    त्यस्तैगरी, छेवेटार बजार क्षेत्रको फुटपाथ निर्माणका लागि छुट्टाइएको २५ लाख र छेवेटार बजार फुटपाथ निर्माण योजनाअन्तर्गतको थप १० लाख रकमलाई रकमान्तर गरी बर्बरे चौर नजिकै कभर्ड हल निर्माणमा खर्च गरिने निर्णय भएको छ। यसबाट कुल ३५ लाख बराबरको रकममा अब खेल संरचना निर्माण हुनेछ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम, टोल विकास सहायता कार्यक्रम तथा पोखरी–आहाल निर्माण कार्यक्रमबाट छुट्टाइएको साना रकमहरूलाई समेत रकमान्तर गरिएको छ। तीनवटै कार्यक्रमबाट छुट्टाइएको क्रमशः ५०/५० हजार तथा पुरानो महिला भवन निर्माणका लागि छुट्टाइएको २ लाख रकमलाई एकीकृत गरी वडा नं. ४ मा ५ लाख रुपैयाँको पुतली बगैँचा सडक निर्माणको निर्णय लिइएको छ।

    यस्तै, खोल्खोले सडक नाला संरक्षण, सार्वजनिक जमिन संरक्षण, र बाल उद्यान व्यवस्थापन तथा नर्सरी क्षेत्रका लागि छुट्टाइएको क्रमशः ३ लाख र २–२ लाख रुपैयाँलाई संशोधन गर्दै जिम्मल गाउँ सडक स्तरोन्नतिमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
    पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ
    कञ्चन गाउँपालिकाका ४५१ परिवारले पाए जग्गाधनी पुर्जा
    कावासोतीमा प्रहरी चौकी स्थापना गर्न माग
    बाँझो खेतमा मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने
    शून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई सम्मान

    लोकप्रिय

    • १.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • २.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ३.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन

    • ४.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी

    • ५.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    भर्खरै

    • १.
      बर्दघाटमा ‘एक विद्यालय, एक नर्स’

    • २.
      लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने

    • ३.
      अनलाइन सुरक्षासम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

    • ४.
      पालिका प्रमुखहरुको प्रतिबद्धता : बालमैत्री स्थानीय शासन घोषणा गर्छौँ

    • ५.
      मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन लामाको डेब्यू

    • ६.
      दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ (भिडियोसहित)

    • ७.
      अहिंसा महोत्सव नेपाल २०८२’ काठमाडौंमा

    • ८.
      सुन डनको दुवै हातमा लड्डु : यता महाराज, उता बेहुला

    गौबित्ता सञ्चार प्रालिद्धारा संचालित
    सूचना विभाग दर्ता नंः ४९३१/०८१/०८२
    • Kathmandu, Nepal
    • 9852851245/ 9852885000
    • nabinnews2025@gmail.com
    • Nabin News TV
    • Nabin News Update
    हाम्रो टिम
    • अध्यक्ष: सागर किराती
    • सम्पादक: विवश कुलुङ राई
    Copyright ©2025 Nabin News | All rights Reserved.
     Website By :  FineCreation